निर्माता बने दयाहाङ, लगानी नडुब्नेमा ढुक्क

गोपिकृष्ण चापागाईं/ मंसिर, काठमाडौं ।

नेपाली चलचित्रको पर्दामा रुचाइएका अभिनेता दयाहाङ राई निर्माता बनेका छन् । चलचित्रमा काम गरेबापत पारिश्रमिक बुझ्दै आएका दयाहाङले अहिले अन्य कलाकारलाई पारिश्रमिक दिएका छन् । अर्थात निर्माता बन्दाको अनुभव बटुलिरहेका छन् ।

यहि मंसिर २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘माछा माछा’मा दयाहाङले केहि प्रतिशत लगानी गरेका छन् । चलचित्रमा दयाहाङसँगै रामबाबु गुरुङको पनि लगानी छ । ‘यहि चलचित्र क्षेत्रमा काम गरिरहँदा चलचित्र प्रोडक्सनमा पनि आउँछु भनेको थिएँ, त्यसैले लगानी तिर पनि लागेको हुँ ।’ दयाहाङले भने । ‘यो चलचित्रबाट करोडौं कमाउँछौं भन्ने लागेको पनि छैन, एउटा राम्रो अनुभव पक्कै हुनेछ ।’ उनले केहि साथी भाई मिलेर चलचित्र बनाउने सोँच केहि समय अघि भएपनि माछा माछाको टिमले पुरा गरेको बताउँछन् । ‘मलाई एकजना निर्देशक साथीले चलचित्रको कथा सुनाउनुभयो र योयो कलाकारलाई यो भूमिका सुहाउँछ, भनेर सौगात मल्ल लगायतका कलाकार चाहिन्छ भन्नुभयो अनि हामी मिलेरै लगानी गरौं भन्ने भयो र लगानी गरियो । त्यस्तो ठुलो योजना पनि थिएन ।’ दयाहाङले भने ।

उनले चलचित्रमा आफूले अभिनय नगर्नुको कारण चलचित्रको भूमिका आफूलाई ‘फिट’ नहुने बताउँछन् । उनी भन्छन् ‘एक कलाकार चलचित्रको भूमिकाका लागी लोभी त हुन्छ तर भूमिका आफूलाई सुट नहुने भएपछि त्यति धेरै लोभी पनि भइन ।’ यसपटक माछा माछा चलचित्रका लागी निर्माता मात्र भएका दयाहाङले चलचित्रबाट ठूलो आम्दानीको आश नगरेको बताउँछन् । उनले एक टिम वर्क देखिने र सकारात्मक सन्देश जावस् भन्ने तरिकाले पनि चलचित्रमा लगानी गरेको बताउँछन् । ‘मलाई निर्देशकको आइडिया कन्सेप्ट मनप¥यो । टिमवर्क गरौं भनेपछि गरेको हुँ । हामीले लगानीलाई कसरी सुरक्षित गर्ने भन्ने केहि रणनिती अपनाएका छौं । त्यसैले लाग्दैन कि हाम्रो लगानी डुब्छ ।’ दयाहाङले भने ।

अभिनेता दयाहाङले नेपाली चलचित्रलाई बिदेश चलचित्रले च्यापेको पनि बताउँछन् । नेपाली चलचित्रसँगै बलिउड तथा हलिउडका चलचित्र पनि सँगै रिलिजमा आउने हुँदा स्क्रिन (फिल्महलको शो) बाँडिने भएकाले त्यसलाई मिलाएर लैजानुपर्ने बताउँछन् । चलचित्र माछा माछामा सौगात मल्ल र नम्रता श्रेष्ठको जोडी बाँधिएको छ । दयाहाङले माछा माछाको मुख्य भूमिकाका लागी सौगात र नम्रतालाई नै ‘सुट’ भएकोले उनीहरुमाथि लगानी गरेको बताए । चलचित्रमा ओम चन्द रौनियार र अर्जुन कार्की सहनिर्माताको रुपमा छन् । यस्तै सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको माछा माछामा सौगात मल्ल, नम्रता श्रेष्ठ, बिजय बराल, अनोज पाण्डे, मौत्यसे गुरुङ, प्रबिन खतिवडा, सरिता गुरुङ, भोलाराज सापकोटा, पुस्कल गुरुङ लगायतको अभिनय रहेको छ ।

(हिमालय टाइम्समा प्रकाशित छ)