अर्पणको चपली हाइट लुक्स

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । </b></pre><p style="text-align: justify; ">‘चपली हाइट ३’ चलचित्रका अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक गरिएको छ । निकेश खड्काको निर्देशनमा निर्माण भैरहेको यो चलचित्रको अर्पणको लुक्स बारे दर्शकमा कौतुहोल्ता थपिएको छ । चलचित्रमा अर्पणसँगै स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतको अभिनय छ ।&nbsp;</p><p style="text-align: justify; ">अर्जुन कुमारको लगानी रहेको यो चलचित्र आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउने तयारमिा छ । जुन मितिमा ‘प्रेमगीत ३’पनि प्रदर्शनमा आउँदैछ । चलचित्रमा पुरुषोत्तम प्रधानले खिचिरहेका छन् । निर्माता अर्जुनले अघिल्ला दुई सिरिजभन्दा ‘चपली हाइट ३’ फरक कथामा बन्न लागेको बताए । ‘चपली हाइट’ को अघिल्ला दुबै श्रृंखला निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए । यसको पहिलो पार्टमा अभिनेत्री विनिता बरालले दिएको बोल्ड सिनको अझै पनि चर्चा हुन्छ ।&nbsp;</p><div style="text-align: justify; "><br></div>