लतालाई सामान्य वार्डमा सारियो

मुम्बई (एजेन्सी) ।

स्वर कोकिला ९० बर्षीय गायिका लता मंगेशकरको अवस्थामा सुधार आएपछि आईसियूबाट सामान्य वार्डमा सारिएको छ । भारतीय मिडियामा उनी निकट चिकित्सकले दिएको जानकारी अनुसार सामान्य वार्डमा राखिएपनि चिकित्सकहरुको पुर्ण रेखदेखमै रहनेछिन् ।

‘जनरल वार्डमा सरुवा गरिए पनि लता मंगेशकर अझै चिकित्सकहरूको रेखदेखमा छन् र उनको राम्रो हेरचाह भइरहेको छ । उनको स्वास्थ्य लाभ एकदम ढिलो छ र अझै कमजोर महसुस गर्दैछन् । यही कारणले गर्दा उनलाई आईसीयू बाट सारिएको छ, तर उनलाई डाक्टरको सुपरिवेक्षणमा राखिएको छ ।’ एक चिकित्सकले भनेका छन् । यसैबीच, लता मंगेशकरको पारिवारिक स्रोतका अनुसार लताले अहिले धेरै राम्रो महसुस गरिरहेको र उनी मानिसहरूसँग कुराकानी गर्न सक्षम छिन् र उनी हिंड्न पनि सक्षम भएकी छिन् । लतालाई निमोनियाको कारण गम्भीर अवस्थामा दक्षिण मुम्बईको ब्रेच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।