मोफसल प्रचार सकेर राजधानीमा ‘प्रेम संसार’

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

प्रेम कथामा निर्माण भएको चलचित्र ‘प्रेम संसार’ मोफसल प्रचारमा सकेर राजधानी फर्केको छ । यहि मंसिर २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम संसार’को निर्माण टिम र कलाकारको टिम एक साताको मोफसल टुर सकेर प्रचारका लागी बिहीबार काठमाडौं आउँदैछ ।

गएको मंसिर १४ गते बुटवलबाट सुरु भएको मोफसल प्रचार बुधबार पोखरामा सम्पन्न गरियो । उक्त टुरमा राजधानी बाहिरका बिभिन्न मुख्य शहरमा चलचित्रको प्रचार गरिएको चलचित्रका निर्माता प्रेम कुमार सुनारले हिमालय टाइम्सलाई जानकारी दिए । ‘मोफसलका मुख्य पाँच शहर, बुटवल, भैरहवा, पोखरा, चितवन र हेटौडामा चलचित्रको प्रचार सकेर काठमाडौं फर्किदै छौं । अब काठमाडौंमै प्रचार गर्नेछौं ।’ प्रेमले भने । उनका अनुसार बिभिन्न कलेज, स्कुल तथा मुख्य स्थानमा साँस्कृतिक कार्यक्रम गरेर चलचित्र बारे दर्शकलाई जानकारी गराइएको थियो । ‘दर्शकलाई यो चलचित्र आउँदैछ भन्ने जानकारी दिनु जरुरी छ, त्यसैले मुख्य शहरहरुमा केहि कार्यक्रम गर्दै हिडेका छौं ।’ प्रेमले भने । मोफसलमा निर्माता प्रेमसँगै मोडल रेखा राई सँगै अन्य कलाकारहरु पनि रहेका छन् ।

सोनी फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण भएको यो चलचित्र राम गौतमले निर्देशन गरेका हुन् भने चलचित्रमा निर्माता प्रेमकै कथा रहेको छ । चलचित्र पारिवारिक प्रेमकथामा आधारित छ । चलचित्रमा प्रेम र मोनिकादाहालको मुख्य भूमिका रहेको छ । यस्तै आयुष्मा कार्की, विविशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल वि.कलगायतका कलाकारहरुको पनि अभिनय छ । दिपेन्द्र बस्न्यातले चलचित्र खिचेका हुन् । कमल सुनार र सीता सुनार पनि निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता उतम केसी र देविन गहतराज हुन् । चलचित्रमा शंखर महर्जनको एक्सन छ ।