अस्ट्रेलियामा नेपथ्य श्रृंखला

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

अस्ट्रेलियामा नेपथ्य ब्याण्डले तेस्रो कन्सर्ट सम्पन्न गरेको छ । मंगलवार एडिलेडमा सम्पन्न कन्सर्टमा उपस्थित हजारौं दर्शक झुमे । कन्सर्ट हेरेर फर्केपछि एडिलेडका रैथाने जो डेभिसले उनको फेसबुकमा तस्विरहरु राख्दै लेखेका छन्, ‘माइ फस्ट नेपाली कन्सर्ट । इट वाज असम ।’

‘आँगनै भरि हिउँ नै झरे’ बोलको गीतसँगै नेपथ्यको कन्सर्ट शुरु भएको थियो। त्यसपछि लगातार एकपछि अर्को ब्याण्डका सदाबहार गीतहरु दुई घन्टासम्म घन्किएका थिए । कतिपय भर्खरै रेकर्ड गरिएका गीतहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमभरी दर्शकहरुले गायक अमृत सँगसँगै गीत गाएर साथ दिएका थिए । अमृतले त्यस क्रममा नेपाली तन्नेरीहरुलाई विदेशमा बसेता पनि स्वदेशको माया मुटुमा सँगालेर राखिरहन अनुरोध गरिरहेका थिए ।

सहरको २० डिग्री तापक्रम भएको बेला कन्सर्टमा ‘सा कर्णाली’ म्यूजिक भिडियोले एचक्यू हल भित्रको तापक्रम झनै बढाइदिएको थियो ।