हजार बढी कोरियनका अगाडी सीताको ‘क्लासिकल वन लेग डान्स’

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

नेपाली चेली शास्त्रीय एक खुट्टा नृत्याङ्गना सीता सुबेदीले कोरियामा डिसेम्बर ३ मा २८ औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा आयोजीत बिशेष कार्यक्रममा आफ्नो प्रस्तुती दिएकी छिन् । कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा बर्षेनी हुने कार्यक्रममा सीताले नेपालको तर्फबाट आफ्नो नृत्य प्रस्तुत गर्ने मौका पाएकी हुन् ।

कोरियाको सेवंग्नम सिटी हलमा आयोजीत कार्यक्रममा शारिरीक रुपमा बिभिन्न अपांगता भएका ब्यक्तिहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा देश बाहिरको प्रतिनिधित्व नेपालबाट मात्र थियो । कार्यक्रम हुनुभन्दा केहि दिन अघि अर्को कार्यक्रमको सिलसिलामा कोरिया पुगेकी सीताको नृत्य देखेर उक्त कार्यक्रमका लागी बोलाइएको थियो । उनलाई कोरियाली नागरिकहरुले भब्य स्वागत पनि गरेका थिए । कार्यक्रममा कोरियाका अपांगता भएका थुप्रै ब्यक्तिहरुले प्रस्तुती दिएका थिए । जसमा ब्लाइन्ड डान्स, डेफ डान्स, विह्लचियर डान्स जस्ता प्रस्तुती भएका थिए । त्यसै बिचमा नेपालको तर्फबाट सीताले क्लासिकल वन लेग डान्स गरेकी थिइन् । उक्त डान्सबाट सीताले प्रसंसा बटुलिन् । सीतालेले नेपाली पोशाकमा नेपाली झण्डा फहराउदै एक खुट्टाले शास्त्रीय नृत्य प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा प्रस्तुति सुन्दर भएकाले सबैजनाले उठेर सम्मान ब्यक्त गरेका थिए ।

सीताले कोरियाका त्यति ठूलो कार्यक्रममा नेपालको तर्फबाट आफूले प्रस्तुती दिन पाउनु आफ्नो लागी ठूलो अवसर रहेको बताइन् । ‘मेरो लागी यो ठूलो अवसर हो । त्यसो त यहाँ बाहिरी देशको प्रतिनिधित्व हुने गरेको थिएन तर यसपटक म यहाँ भएको र मेरो डान्सलाई मन पराएर स्वागत गरिदिनुभो अत्यन्तै खुसी छु ।’ सीताले आर्टिष्ट खबरसँग टेलिफोनमा कुरागर्दै भनिन् । ‘यस कार्यक्रममा मलाई अवसर प्रदान गर्नुहुने किम योङ उ प्रती बिशेष आभार ब्यक्त गर्दछु ।’ किम योङ उ जो आफै कोरियाका विह्लचियर डान्सर तथा गुरु समेत हुन् ।

Video:

Video/Photo by Sita Subedi