नारायण गोपालको २९ औं स्मृति दिवस

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

स्वरसम्राट नारायण गोपालको २९ औं स्मृति दिवसको अवसरमा बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् । महाराजगंज स्थित उनकै निवासमा स्वरसम्राटको सम्झना र नेपाली संगीतलाई जीवित राख्न नारायणगोपाल संगीत कोषले कार्यक्रम सम्पन्न ग¥यो । बिभिन्न स्रष्टाहरुको उपस्थिती रहको उक्त कार्यक्रम संगीत कोषले हरेक बर्ष गर्दै आएको छ ।

नेपाली सांगीतिक क्षेत्रमा गहिरो प्रभाव छाडेर संसारबाट विदा भएका स्वरसम्राट अहिले पनि जनजनको मनमनमा जीवन्त छन् । उनका कालजयी गीतहरुले नेपाली गीत संगीतको स्वरुप नै बदलिदिएको छ । प्रेम र देशभक्ति गीत गाउन मनपराउने स्वरसम्राट शब्द र संगीतमा निकै ध्यान दिन्थे । त्यसैले त करिब एकसय गीतमा आवाज भरेका उनका सबै गीत कालजयी छन् ।

‘यो सम्झिने मन छ, म बिर्सूं कसरी’, ‘आँखा छोपी नरोउ भनी भन्नु प¥या छ’, ‘एउटा मान्छेको मायाले कति’ जस्ता कालजयी गीतहरुमा आवाज दिएका स्वरम्राटको स्वर माधुर्यले अहिले पनि लोकप्रियताको सगरमाथा चुमिरहको छ । त्यसैले त स्वरसम्राटको सम्झना र नेपाली संगीतलाई जीवित राख्न नारायणगोपाल संगीत कोषले हरेक वर्ष उनको पुण्य तिथिमा काठमाडौंको महाराजगञ्जस्थित उनकै निवासमा कार्यक्रम गर्दै आएको छ ।

स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंमा भएको थियो । उनको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भयो ।