कोरियाली अभिनेता चा इन मृत फेला

आर्टिष्ट खबर/ एजेन्सी ।

साउथ कोरियाली पप स्टार तथा अभिनेता चा इन हा मृत फेला परेका छन् । २७ वर्षीय अभिनेता सोलस्थित आफ्नै निवासमा मृत फेला परेका हुन् । उनले २०१७ मा ‘यू डीप इन्साइड अफ मी’ फिल्मबाट अभिनय सुरु गरेका थिए । उनले हालै टेलिभिजन शृङ्खला ‘लभ विथ फ्लज’मा काम गर्न थालेका थिए ।

दुई महिनाको अन्तरालमा तीन जना कोरियाली स्टारको रहस्यमय निधन भइसकेको छ । जसमा अक्टोबरमा पप गायिका सुल्ली र नोभेम्बरमा गू हारा आफ्नै निवासमा मृत फेला परेका थिए । त्यसो त चाको मृत्युलाई पनि शंखास्पद मानिएको छ । हालसम्म उनको मृत्युको कारण खुलेको छैन् । सियोलको सुसेओ प्रहरी स्टेशनका अनुसार चा इन हाको परिवारले प्रहरीलाई शव परीक्षण नगर्न भनेको थियो ।