साधारण तारेखमा छुटे छविराज

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> चलचित्र निर्माता छविराज ओझालाई जिल्ला अदालत काठमाडौंले मंगलबार साधारण तारेखमा छाडेको छ । बहुविवाह गरेको आरोपमा मुद्दा चलाइएका निर्माता छविराजलाई न्यायधीश मुकेश उपाध्यायको एकल इजालसले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।&nbsp;<br></p><p style="text-align: justify; ">जेठी श्रीमती हेमा ओझाले प्रहरीमा बहुविवाहको उजुरी दर्ता गरेपछि फरार रहेका निर्माता ओझा मंगलबार जिल्ला अदालत काठमाडौं हाजिर भएका थिए । आफूसँग डिभोर्स नै नगरि श्रीमान् ओझाले शिल्पा पोखरेलसँग विवाह गरेको भन्दै हेमाले दुबै विरुद्ध गएको साउन ६ गते प्रहरीमा बहुविवाहको उजुरी दिएकी थिइन् । उनको उजुरीको आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो । अदालतले पक्राउ गर्न आदेश दिएसँगै छवि र शिल्पा फरार थिए । गएको कात्तिक अन्तिममा जिल्ला अदालत काठमाडौंमा हाजिर भएकी शिल्पालाई अदालतले साधारण तारेखमा छाडेको थियो ।</p><p style="text-align: justify; ">छविले शिल्पालाई चौथो श्रीमतीको रुपमा घर भित्राएका थिए । उनको पहिलो श्रीमती हेमा हुन् । हेमा र छविबाट दुईवटा छोरा छन् । त्यस्तै, निर्माता ओझाकी दोस्रो श्रीमती गीताञ्जली सुनुवारको मृत्य भैसकेको छ । उनको तेस्रो श्रीमती अभिनेत्री रेखा थापा हुन् । १२ वर्षपछि दुईको डिभोर्स भयो ।&nbsp;</p>