डा. महतको पुस्तक बिमोचन

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले लेखेको पुस्तक ‘ट्रायल्स, ट्रेमोर्स एण्ड होप– द पोलिटिकल इकोनोमी अफ कन्टेम्पररी नेपाल’ बिमोचन गरिएको छ । बुधबार काठमाडौंमा आइएसएसआरद्वारा आयोजना गरिएको एक कार्यक्रममा प्रमुख अतिथि पूर्व राष्ट्रपति डा. रामवरण यादवले उक्त पुस्तक सार्वजनिक गरे ।

कार्यक्रममा पुस्तकका लेखक डा. महतले पुस्तकमा नेपालको अर्थ राजनीति र समकालीन परिवेशलगायतका सन्दर्भ समेटेको बताए । डा. भेषबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार कनक दीक्षितलगायतले पुस्तकमाथि टिप्पणी गरेका थिए । कार्यक्रममा डा. रविन्द्रप्रसाद पाण्डेले पनि बोलेका थिए । पुस्तक अंग्रेजी भाषामा प्रकाशित छ ।