प्रेम संसारमा सोचेको भन्दा बढी दर्शक पायौंः नायक प्रेम सोनी

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । </b></pre><p style="text-align: justify; ">आज (शुक्रबार)बाट प्रदर्शनमा आएको चलचित्र ‘प्रेम संसार’ले पहिलो दिन सुखद ब्यापार गरेको छ । देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको प्रेम संसारले देशका कतिपय हलमा हाउसफूलका साथ ब्यापार गरेको चलचित्र टिमको भनाई छ । ‘हामीले शुक्रबारको रिपोर्ट बुझ्दा देशका बिभिन्न ठूला शहरका सिंगल थिएटरमा हाउसफूलको ब्यापार गरेको पाएका छौं । दर्शकको मायाले अत्यन्तै खुसी छौं ।’ नायक तथा निर्माता प्रेम बहादुर सुनार (सोनी)ले भने । ‘पहिलो दिन मौसम खराब हुँदा पनि दर्शकको माया पायौं । शनिबार पनि दर्शकको माया बढ्नेछ आशा छ ।’</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/e48e1a70ce571ed6bcacec5cdac692f81576254858.jpg" style="width: 1024px;"><br></p><p style="text-align: justify; ">चलचित्रको टिमले शुक्रबार राजधानीको बाइपासस्थित अष्ट नारायण हल पुगि दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया बुझेको थियो । चलचित्रका निर्देशक राम गौतमले पनि चलचित्रलाई दर्शकको माया देख्दा खुसी लागेको बताए । चलचित्रको टिम शनिबार पोखराका हलमा दर्शकसँग प्रत्यक्ष प्रतिक्रिा लिन पुग्ने बताइएको छ ।</p><pre style="text-align: justify; "><b>Video Report:

</b></pre><iframe src="https://www.facebook.com/plugins/video.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fartistkhabar%2Fvideos%2F598680894271379%2F&amp;show_text=0&amp;width=560" width="560" height="315" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowtransparency="true" allowfullscreen="true"></iframe>