सेल्फी किङ्गकी केकी

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

नयाँ चलचित्र ‘सेल्फीकिङ्ग’मा अभिनेता विपिन कार्की मुख्य भूमिकामा छन् । विपिनको चलचित्रको लुक्स पनि दर्शकले देखिसकेका छन् । चलचित्र टिमले टिजर समेत सार्वजनिक गरिसकेको छ त्यसैले पनि दर्शकमाझ थप उल्सुकता थपिएको छ । यसैबिच नायिका केकी अधिकारीलाई पनि चलचित्र टिमले यो चलचित्रको हिस्सा बनाएको छ ।

चलचित्रको एक गीतमा केकी अधिकारीले नृत्य गरेकी छिन् । सार्वजनिक लोक शैलीको गीतमा सेल्फी किङ्ग उर्फ विपिन सँगै केकी अधिकारी र भीमफेदी गाईज फिचर्ड छन् । कथा अनुसार नै चलचित्रमा आउने गीतमा कार्यक्रमको माहोल लाई देखाइएको छ । गाउँमा आयोजित एक सांस्कृतिक कार्यक्रमको माहोललाई गीतमा देखाइएको छ । ‘जाली रुमाल’बोलको गीतमा बि पाण्डेको शब्द, सुभाष भुषालको संगीत रहेको छ भने यसमाअन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहेको छ ।

गीतलाई भीमफेदीगाइजकै निर्मल लामाले कोरियोग्राफ गरेका हुन् । सोलुको सल्लेरीमा छायाँकन गरिएको गीतमा केकी कलाकारकै रुपमा सांस्कृतिक कार्यक्रममा सहभागी भएकी हुन् । जहाँ विपिन हाँस्यकलाकारको रुपमा उपस्थित छन् । गीत मन परेकै कारण केकीले गीतमा मात्र भएपनि देखिन तयार भएकी हुन् । ‘सेल्फीकिङ्ग’नामले परिचित एक चर्चित हाँस्यकलाकार(टेलिभिजन)ले कलायात्राको दौरानआफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउनगर्ने संघर्षको कथायसमा देखाइनेछ । ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्म बिशाल सापकोटाले निर्देशन गरेका हुन् । उनको यो डेब्यु फिल्म हो ।

विपिनसंगै फिल्ममा लक्ष्मी बर्देवा, भुवनचन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले एक गीतमा अभिनय गरेकी छिन । गतवर्षको सफल फिल्म ‘प्रसाद’का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमायसलाई निर्माण गरेका हुन् । फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवनथापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदयपौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृतिजोशीको श्रृगार, आशिषपौडेलको कस्ट्युम डिजाइन, हिमाल केसीको द्वन्द, उत्तम न्यौपानेको साउण्ड डिजाइन, जीवन थापाको सम्पादन र कलर करेक्सन , बिनोद पौडेलको स्टील फोटोग्राफी र साजनथापाको कलानिर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवलकोइराला रहेका छन् ।