‘गोबर गणेश’को ट्रेलर र गीतले छोयो दर्शकको मन, मिलियन भ्युज पार
काठमाडौं । हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को निर्देशन तथा मुख्य भूमिकामा बनेको चलचित्र...
‘बिगुल’को ट्रेलर सार्वजनिक, राजनीतिक विकृति विरुद्धको कडा आवाज
काठमाडौं । समाजमा व्याप्त राजनीतिक बेथिति, अन्याय र नागरिकको पीडालाई पर्दामा उतारिएको नेपाली चलचित्र ‘बिगुल’...
‘गोबर गणेश’को ट्रेलर सार्वजनिक
काठमाडौं । चलचित्र ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माणपक्षले काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत ट्रेलर...
प्रदर्शनको तेस्रो दिनमा ‘एक्लो–१’, दर्शकबाट सकारात्मक प्रतिक्रिया
काठमाडौँ । फरक धार र नयाँ प्रस्तुतिका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’ प्रदर्शनको...
सौगात र सिम्रनको ‘बब डाई’को छायांकन सकियो
काठमाडौँ । सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बब डाई’को ४२ औं दिनमा छायांकन सकिएको छ । काठमाडौंको चन्द्रागिरी र किर्तिपुर नगरपालिका भित्रका स्थानहरुमै सम्पुर्ण छायांकन सकिएको चलचित्रका निर्देशक प्रवीण श्रेष्ठले जानकारी दिए । प्रविणका अनुसार निर्माण टिम अब प्रोस्ट प्रोडक्सनमा लागेको छ । दुईगीत बाहेक स्क्रिप्टका दृश्यका सम्पुर्ण छायांकन सकिएको निर्देशक श्रेष्ठले बताएका छन् । गीतको छायांकन केहिसाता पछि गरिनेछ । रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने यो चलचित्रमा किर्तिपुरको एक युवाको कथा छ । अभिनेता सौगातले बब डाईको भूमिका निभाएका छन् । निर्देशक श्रेष्ठका अनुसार नेवारी भाषामा दाईलाई डाई भनिने भएकाले फिल्मको नाम बब डाई राखिएको हो । चलचित्र कमेडी जनरामा निर्माण गरिएको छ । तर चलचित्रमा कमेडीसँग धेरै कुरा पाउन सकिने निर्देशक श्रेष्ठ बताउँछन् । चलचित्र सौगात र सिम्रनको साथमा सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्डुकार, मनोज महर्जन, कमल देवकोटा, उत्तमराज पाण्डे, रजिन महर्जन, मनोज महर्जन र बालकलाकार अग्रिम पण्डितको अभिनय रहेको छ । चलचित्रमा मैनिषा गौचन र प्रबिन श्रेष्ठको कथा रहेको छ । चलचित्रको एसोसिएट निर्देशक दिनेश बहादुर राउत हुन् भने मुख्य सहायक निर्देशक तर्कराज न्यौपाने हुन् । चलचित्रलाई श्याम तामाङको टिमले खिच्दै छ भने निर्देशक प्रबिन श्रेष्ठले नै सम्पादन गर्नेछन् । चलचित्रको प्रोडक्सन हेड र कास्टिङ डिरेक्टर नृपेश रुपाखेती हुन् । पोस्टर डिजाइन रोयल भिमसेनको रहेको छ । स्वस्तिका श्रेष्ठको श्रृंगार रहेको चलचित्रमा कोरियोग्राफी किरण थापा र सृष्टि महर्जनको छ । एक्सन शंकर महर्जनको रहेको छ भने आर्ट डिरेक्टर घनश्याम श्रेष्ठ हुन् । चलचित्रमा राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता हुन् भने रबिन्द्र प्रजापती कार्यकारी निर्माता हुन् । चलचित्रको प्रदर्शन मिति तोकिएको छैन ।
चलचित्र ‘प्रतिवैरम’ को एक्सन प्याक टिजर सार्वजनिक
काठमाडौँ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम’ को एक्सन प्याक टिजर सार्वजनिक...
चलचित्र ‘एक्लो–१’ देशभर प्रदर्शनमा
काठमाडौँ । फरक धार र नवीन प्रस्तुतिका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’ देशभर...
चलचित्र ‘बम बिहारी’ शुभमुर्हत
काठमाडौँ । नयाँ नेपाली चलचित्र ‘बम बिहारी’को शुभ मुर्हत गरिएको छ । आज (बुधबार) भक्तपुरमा...

