धुर्मुस सुन्तलीको 'सेन्टी भाइरस'को 'फनफनी' गीत रिलिज

Posted on: December 19, 2019
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नयाँ चलचित्र सेन्टी भाइरसको नयाँ गीत सार्वजनिक गरिएको छ । हाँस्य कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली)को मुख्य अभिनय रहेको यो चलचित्रको ‘फनफनी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको हो ।

चलचित्रको सार्वजनिक गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, सिताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सन विक्रम राइलाई देख्न सकिन्छ । यस्तै, चलचित्रको यो गीतमा मोडल अन्जली अधिकारीले पनि नृत्य गरेकी छिन् ।

मेलिना राई र कालिप्रसाद बाँस्कोटाको स्वर रहेको गीतमा शंकर थापाको संगीत, डीपी खनालको शब्द छ । शंकर वीसीले कोरियोग्राफी गरेको गीतको भिडियोलाई नविन घर्तीमगरले सम्पादन गरेका हुन् । सुविहानी फिल्मस् प्रालिको प्रस्तुतिमा तयार भएको यो चलचित्र आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारमिा छ ।  

Video:



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]