रेखाको फिल्म अघिनै गीत

Posted on: February 27, 2020
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । 

अभिनेत्री रेखा थापाको नयाँ चलचित्र बनाउने चर्चा चल्न थालेको धेरै भयो । केहिसमय अघि एक चलचित्र निर्माण गर्ने लगभग पक्का पक्की भएको थियो । जुन चलचित्रमा रेखासँगै सौगात मल्ल र दयाहाङ राईको मुख्य भूमिका रहने बताइएको छ ।

नाम नखुलाइएको उक्त चलचित्रका लागी छायांकन सुरु नहुँदै गीत रेकर्ड गराइएको छ ।  गीतमा स्मिता दाहाल र प्रताप दासले स्वर दिएका छन् । उक्त गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको रहेको छ। त्यस्तै एरेञ्ज उदयराज पौडेलले गरेका हुन् ।

गायिका स्मिताको ‘मायालु तिमी कता छौं’ र ‘कल्लाई था छैन’ बोलका गीतहरुले चर्चा पाए। ‘मायालु तिमी कता छौ?’ बोलको गीत सुनेरै रेखा थापा तथा गीतकार बसन्त सापकोटाले स्मितालाई आगामी प्रोजेक्टमा आवद्ध गराएको बताइएको छ । सविर श्रेष्ठको निर्देशन रहने उक्त चलचित्र आउँदो बैशाखबाट छायांकन गरिने बताइएको छ । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]