
आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।
चलचित्र ‘लप्पन छप्पन २’को पहिलो गीत सार्वजनिक भएको छ। ‘झुसे बारुलो’ बोलको गीतमा मिस्टर आरजेको शब्द संगीत रहेको छ भने आर्जन पाण्डे र विद्या तिवारको स्वर रहेको छ। गीतमा मिस्टर आरजेले दमदार र्याप हानेका छन् । गीतमा सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुप विक्रम शाही, कविता नेपाली, मुकुन्द भट्ट, शक्ति श्रेष्ठ र सुपर गुरुङलगायतका मुख्य कलाकारलाई फिचर्ड गरिएको छ। खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको ‘लप्पन छप्पन २'मा गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ ।
यस चलचित्रबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रिजना सिना, रन्जीत ओन्तालगायतले अभिनयमा डेब्यु गर्दैछन्। मुकुन्द भट्टको निर्देशनमा तयार भएको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ । मुकुन्द भट्ट, सुनिल न्यूरे, अमित शर्माको पटकथा,हिमाल केसी र मुकुन्द भट्टको एक्सन र किङ योगीको कोरियोग्राफी रहेको चलचित्रमा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट(एमआर आरजे) दीपक आरजे र बुलेट फ्लोको संगीत रहेको छ।
Song:
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नयाँ चलचित्र ‘२ नम्बरी’को प्रदर्श
August 09, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अमेरिकाको एटलान्टामा ४ देखि ७ अगष
August 09, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: