दबई पुगेर पोज दिँदै वर्षा

Posted on: March 09, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । 

राम राघव आचार्यको निर्देशन रहने चलचित्र 'कालिपुरुष'को नाम परिवर्तन गरिएको छ। चलचित्रको छायांकन सुरु हुनुभन्दा एक साता अगाडि निर्माणपक्षले चलचित्रको नाम परिवर्तन गरी ‘ए साथी सुन’ राखेका छन् । विना कार्कीको लगानीमा बन्न लागेको यस चलचित्रको छायांकन धरानमा हुने बताइएको छ । चलचित्रको मुख्य भूमिकामा अभिनेत्री वर्षा शिवाकोटी र रमेश बानियाँले अभिनय गर्नेछन् । 

छायांकन सुरु हुनु भन्दा एक साता अगाडि वर्षा भने दुबई पुगेकी छिन् । दुबइमा आफ्नो व्यापारिक काम र घुमघामका लागि भन्दै उनी  दुबई पुगेकी हुन्। वर्षाले एक हप्ता दुबइमै बस्ने र नेपाल फर्किए पछि छायांकन सुरु गर्ने बताएकी छिन् । पछिल्लो समय कस्मेटिक ब्यवसाय सुरु गरेकी बर्षाले केही अगाडि चलचित्र ‘सुदूर’ छाडेकी थिइन्। उनले दुबई पुगेर सामाजिक संजालमा एक फोटो सेयर गरेकी छिन्। 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]