यहि असोज २६ बाट रिलिज हुने ‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक

Posted on: October 03, 2021
आर्टिष्ट खबर/ असोज, काठमाडौं । 

यहि असोज २६ गतेबाट देशभर एकैसाथ प्रदर्शन (रिलिज) हुन लागेको नेपाली चलचित्र ‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय चलचित्र ‘डाँडाको वरपीपल’को सार्वजनिक ट्रेलरमा जातका कारण एक प्रेमजोडीले भोग्नु परेको अनेक दुःखलाई समेटिएको छ ।

राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा चलचित्रका प्रमुख कलाकारहरु सलोन बस्नेत, रुबिना थापा, शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ललगायत फिचर्ड छन् । काठमाडौं र चित्लाङ आसपासका रमणीय स्थानमा छायांकन गरिएको फिल्म यही असोज २६ गते दशैंको अवसर पारेर रिलिज हुँदैछ । चलचित्र ओटीटी प्लेटफर्ममा भने तिहारमा रिलिज हुनेछ ।

चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली,हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ ।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा नवराज गिरीको लगानी रहेको छ । रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया/एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व गोविन्द राई, रामजी लामिछानेको कोरियोग्राफी, नवराज, गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहेको छ ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]