कबड्डी ४’ को छायांकन सुरु

Posted on: October 25, 2021
आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । 

चलचित्र ‘कबड्डी ४’ को छायांकन सुरु गरिएको छ । रामबाबु गुरुङ निर्देशित चिलचित्रको छायाँकन मुस्ताङबाट सुरु गरिएको हो । शुक्रबारबाट ३५ दिनको छायाँकन तालिका सुरु गरिएको निर्देशक गुरुङले बताउनु भएको छ ।

चलचित्र ‘कबड्डी ४’ मा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्दि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा मणिराम पोखरेलको लगानी छ ।

सुटिङ सकेर प्रदर्शन मिति चाँडै तय गरिने निर्देशक गुरुङले बताउनु भएको छ । ‘कबड्डी ४’ सिरिजको फाइनल गेम भनिएको छ । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]