प्रकु निर्देशित 'ईओजी (एरर्स अफ गड)' को टिजर सार्बजनिक

Posted on: December 03, 2021
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । 

नयाँ चलचित्र ‘ईओजी (एरर्स अफ गड)’ को टिजर सार्बजनिक गरिएको छ । प्रकु पाण्डेको निर्देशनमा बनेको यो चलचित्र कलासी प्रोडक्सनको निर्माणमा बनेको हो । टिजर  ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । चलचित्रमा बिकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, सरिता ढुंगानाको साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाल लगायत रंगमंचका पचास भन्दा बढी कलाकारहरुको अभिनय रहेको छ । 

संगीत सापकोटाको लेखन र सगुन पोख्रेलले निर्माण रहेको यस चलचित्रमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानवको रुपमा आएका भगवानहरुको कथालाई मनोरन्जनात्मक ढंगले प्रस्तुत गरिएको छ । टिजर हेर्दा  चलचित्र मार्फत केहि फरक स्वादको कथा पस्किन खोजिएको अनुमान गर्न सकिन्छ ।   

क्राइसिस ज्याक ९कृष्ण० को छायांकन रहेको यस चलचित्रमा रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन रहेको छ ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]