चलचित्र 'परस्त्री' बन्ने

Posted on: January 07, 2022
आर्टिष्ट खबर/ पुस, काठमाडौं । 

नयाँ चलचित्र 'परस्त्री' निर्माण हुने भएको छ । यो चलचित्रलाई शर्मिला पाण्डेयले निर्माण गर्न लागेकी हुन् भने चलचित्रलाई सुरज पाण्डेयले निर्देशन गर्दैछन् । सुरजले निर्देशन गर्न लागेको यो पहिलो चलचित्र हो । सुरज चलचित्र ‘लभ लभ लभ’बाट कलाकारको रुपमा नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेका थिए । 

शुक्रबार काठमाडौंमा आयोजीत कार्यक्रममा चलचित्रमा मुख्य नायकको रुपमा कोशिश क्षेत्री रहने जानकारी दिइयो । साथै अन्य कलाकार अडिसनबाट लिइने पनि जानकारी गराइयो । निर्देशक सुरजले डार्क थ्रिलर कथामा यो चलचित्र निर्माण हुने बताए । चलचित्रका लागि एक पुरुष र दुई महिला कलाकारको आह्वान समेत गरिएको छ । मुख्य कलाकार अडिसनबाट छनोट हुनेछन् ।

 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]