
आर्टिष्ट खबर/ माघ, काठमाडौं ।
अनमोल केसीको अभिनय रहने चलचित्र ‘एक्स ९’ को सुटिङ फेरिपनि स्थगित भएको छ । फेब्रुअरीको अन्त्यबाट छायाङ्कन हुने भनिएको चलचित्रको सुटिङ कोरोनाको तेस्रो लहरका कारण सारिएको हो । निर्देशक मुकुन्द भट्टका अनुसार चलचित्रको सुटिङ रोकिएको बारे कलाकारलाई जानकारी भइसकेको छ । चलचित्रमा अनमोलसँगै सौगात मल्ल, पुष्प खड्का, राज कट्वाल पनि मुख्य भूमिका रहनेछ । बलिउड अभिनेता सुनिल सेट्टीको पनि यसमा अभिनय रहने चर्चा छ ।
‘एक्स ९’ स्थगित भएपछि अनमोल आफ्नो होम प्रोडक्सनमा बन्न लागेको ‘पारस’को तयारीमा जुट्नुभएको छ । चलचित्रको सुटिङ फागुनदेखि सुरु हुने बताइएको छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: