
आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।
नेपालमा नेपाली चलचित्र भन्दा बिदेशी चलचित्र हेर्ने दर्शक बढी छन् भन्दा फरक नपर्ला । यसको उदाहरण पछिल्लो केहि महिनायताको समयलाई दिन सकिन्छ । नेपाली चलचित्र पनि हलमा प्रदर्शन भइरहेका छन् र बिदेशी चलचित्र पनि । तर दर्शक बिदेशी चलचित्रमै ओइरिरहेका छन् ।
गत शुक्रवारदेखि दुई नेपाली र एक विदेशी चलचित्र प्रदर्शनमा आए । नेपाली चलचित्रतर्फ ‘लक्का जवान’, ‘षट्कोण’ र हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज– २’ । तीन चलचित्रमध्ये हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज ः इन द मल्टिभर्स अफ म्याडनेस’ले बक्सअफिसमा राम्रो व्यापार गरेको छ । साम रेइमी निर्देशित यस चलचित्रले २ दिनमा २ करोड ११ लाख कलेक्सन गरेको हो ।
काल्पनिक संसारमा प्रवेश गरेपछि डक्टर स्ट्रेन्जले खेप्नुपर्ने चुनौती दोस्रो सिरिजको कथावस्तु हो । यस चलचित्रमा बेनेडिक्ट कम्बरब्याच, एलिजाबेथ ओल्सेन लगायतका कलाकारहरूको अभिनय छ ।
बिदेशी चलचित्रले नेपाली बजारमा राम्रो ब्यापार गरिरहेको बेला सँगै प्रदर्शनमा आएका दुई नेपाली चलचित्रको ब्यापार भने दयनीय छ ।
नेपाली चलचित्रको कमजोर ओपनिङबिच चलचित्र ‘षट्कोण’लाई मल्टिप्लेक्स हलबाट हटाइएको छ । कर्मा अभिनित यस चलचित्रलाई नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सको सम्पूर्ण हलबाट तीन दिनमै हटाइएको छ । त्यसैगरी, एफक्युब सिनेमाज, क्युज सिनेमाज, वान सिनेमाज र बिग मुभिजबाट पनि यो फिल्म हटेको छ ।
‘लक्का जवान’ले भने केहि शो पाइरहेको छ । क्युएफएक्स चेनले दिनमा यो चलचित्रलाई ६ शो दिएको छ । यो चलचित्रमा पनि दर्शकको संख्या घट्दै गइरहेको देखिन्छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: