‘लौ कुमुदे हिँड्यो हिरो बन्न’मा समावेश दुई गीत तयार

Posted on: May 17, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । 

नयाँ चलचित्र ‘लौ कुमुदे हिँड्यो हिरो बन्न’का लागी दुई नयाँ गीत रेकर्ड भएका छन् । चलचित्रको शीर्ष गीतमा लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको छ । यस्तै अर्को 'म आगो तिमि पानी' गीतमा राजेश पायल राइ र मेलिना राईको स्वर सुन्न सकिन्छ । 

गीतमा गीतकार जानकी पन्त (जुनको) शब्द रहेको छ भने संगीत बिपिन आचार्यले भरेका छन् । गीत रेकर्डिङ काठमाडौं कपुरधारास्थित एम.बी.म्युजिक रेकर्डिङ स्टुडियोमा गरिएको हो ।

यु.के.लाई कर्मथलो बनाउँदै आएका नायक कुमुद पन्तको आफ्नै कथामा आधारित कमेडी चलचित्र ‘लौ कुमुदे हिँड्यो हिरो बन्न’ निर्माण हुने क्रममा छ ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]