आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
एक भब्य समारोहका बिच नयाँ नेपाली चलचित्र ‘वर एन्ड वधु’को औपचारिक निर्माण घोषणा गरिएको छ । मिलन चाम्सको निर्देशनमा बन्ने यो चलचित्रको बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्माण टिमसँगै कलाकार चिनाइयो ।
चलचित्रमा मुख्य नायिकाको भूमिकामा आँचल शर्मा रहनुहुनेछ । साथै नायकमा भने नयाँ कलाकार विवेक कर्मचार्यलाई राखिएको छ । चलचित्रमा आँचल र विवेकको जोडी बाँधिने बताइएको छ । उहाहरुसँगै चलचित्रमा साम्राज्ञी आरएल शाह, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्टि खड्का लगायतको पनि अभिनय रहनेछ । साथै चलचित्रमा नायिका साम्राज्ञी गेस्ट रोलमा रहनेपनि जानकारी गराइयो ।चलचित्र यहि जेठको अन्तिमबाट छायांकनमा निस्किने बताइएको छ । रोमानिया, इटली, फ्रान्स र नेपालमा खिचिने फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेख्नुभएको हो ।
नायिका आँचलले निर्देशक चाम्ससँग पहिलोपटक सहकार्य गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो । साथै उहाँले यस चलचित्रमा दर्शकले आफूलाई अलग रुपमा देख्न पाउने जानकारी गराउनु भयो । यस्तै निर्देशक चाम्सले विगत चार वर्ष अगाडिदेखि आँचल शर्मासँग चलचित्रमा सहकार्य गर्ने इच्छा पूरा भएको बताउनुभयो ।
यो चलचित्रका लागि अभिनेत्री शर्माले १० केजी तौल घटाउनु भएको छ । यस्तै चलचित्र नेपालीसँगै हिन्दी भाषामा पनि निर्माण हुने बताइएको छ । चलचित्रमा सुदीप बरालको छायांकन, अर्जुन जिसीको सम्पादन, हिमाल केसीको द्वन्द्व, अर्जुन पोखरेल र युग भुषालको संगीत, नरेश भट्टराई, मुक्त उदास र लेखु सहयात्रीको शब्द रचना, कविराज गहतराजको कोरियोग्राफी, राजेश पायल राई, दीपक लिम्बु, अन्जु पन्त, मेलिना राई, प्रविशा अधिकारी, प्रताप दासको गीतमा स्वर रहनेछ ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: