'शमशेर'बाट मनिष राउतले निर्देशनमा डेब्यु गर्दै

Posted on: June 04, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

अभिनेता मनिष राउतले चलचित्रमा पनि निर्देशन गर्ने तयारी गरेका छन् । छायांकनको तयारीमा रहेको चलचित्र ‘शमशेर’बाट राउतले निर्देशनमा डेव्यु गर्ने हुनुभएको हो । चलचित्रमा राउत आफै मुख्य भुमिकामा अभिनय समेत अभिनय गर्ने बताइएको छ । यस्तै चलचित्रको कलाकारमा अभिनेता सुनित थापा पनि थपिएका छन् ।

ओस्कार कलेजबाट चलचित्र निर्माणमा ब्याचलर गरेका मनिष अहिले एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकको रुपमा काम गरिरकेका छन् । ‘शमशेर’को स्कृप्ट राम्रो भएकाले पनि आफुले निर्देशनमा डेव्यु गर्न लागेका अभिनेता राउतले बताए । आगामी दिनमा अभिनय र निर्देशनलाई समानन्तर रुपमा अगाडी बढाउने सोचमा राउत छन् । हाल सिनेमाको अभिनेत्री छनोट कार्य भैरहेकोले छायांकन मिति तय भएका छैन् ।

अभिनेत्री छनोट भएसँगै वर्कसप गरेर छायांकन सुरु गरिने अभिनेता राउतले बताए । चलचित्रमा प्रकाश शाह, गौरव पहारी, हिमेश पन्त, सुमन गौतम, दिपक कोइराला, सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको पनि अभिनय रहनेछ । एक्सन जनरामा निर्माण गरिने सिनेमामा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको लगानी रहनेछ ।

चलचित्रको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ । सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने सिनेमामा राकेश दाहाल पोस्टर डिजाइनरका रुपमा रहेका छन् । चलचित्रका गीतमा अर्जुन पोखरेलको संगीत भर्नेछन् ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]