आर्टिष्ट खबर/ असार, काठमाडौं ।
दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवदेन माग गरिएको छ । संचार, सूचना प्रविधि मन्त्रालयले आज विज्ञापन प्रकाशित गर्दै विभिन्न सिमारेखा राखेर बोर्ड अध्यक्षका लागि आवेदन निकालेको हो ।
अबको १५ दिनभित्र आवेदन बुझाउन मन्त्रालयले आग्रह गरेको छ । दरखास्त पेश गर्ने अन्तिम दिनसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी नेपाली फिल्म उद्योगको स्थापना, विकास, संरक्षण, सम्र्वद्धन तथा प्रर्वद्धनमा निरन्तर रुपमा कम्तीमा १० वर्ष कार्य गरेको, प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरी फिल्म उद्योगमा कम्तीमा २० वर्ष कार्य गरेको हुनुपर्ने मन्त्रालयले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।
दयाराम दाहालको २ वर्षे कार्यकाल सकिएपछि चलचित्र अहिले सम्झना रौनियार उप्रेती, भुवन केसी, मनिष पण्डित, नारायण पुरी, नरेश पौडेललगायत बोर्ड अध्यक्षका लागि राजनीतिक लबिङ गरिरहेको बुझिएको छ ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: