
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
आउँदो भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ चलचित्र ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरका अनुसार ‘सरोगेसी’ अर्थात् कोख भाडामा लिएर बच्चा जन्माउने विधिको कथावस्तुमा आधारित चलचित्र बुझ्न सकिन्छ ।
गोपीकृष्ण मुभिजले निर्माण गरेको चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल, सृष्टि श्रेष्ठ, आशान्त शर्मा, लुनिभा तुलाधर र एनी कुँवरको अभिनय छ । ‘क्राइम पेट्रोल’ र ‘सावधान इन्डिया’ फेम्ड रञ्जित रौनियार निर्देशित चलचित्रमा कमेडी र इमोसन दुवै भाव समेटिएको छ । पैसाको लागि पत्नीलाई बच्चा जन्माउन अनुमति दिने मुख्य पात्रले जब बच्चा गुमाउनुपर्ने परिस्थिति आउँछ, अनि आउने अभिभावकीय महसुस यसको कथावस्तु हो ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नेपाली म्युजीक भिडियो क्षेत्रका न
August 14, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । २०७१ सालमा प्रदर्शनमा आएको अभिनेत
August 14, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: