
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
यहि साउन २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ चलचित्र ‘म’को ट्रेलर सार्वजनिक गरिएको छ । सुवर्ण थापा निर्देशित चलचित्रको सार्वजनिक उक्त ट्रेलरमा अस्पतालमा भर्ना भएको एक बिरामीले त्यहाँबाट गर्ने आपराधिक योजनालाई देखाइएको छ ।
कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको यो चलचित्रमा एकेडेमीका विद्यार्थी सञ्जोग रसाइली मुख्य भूमिकामा हुनुहुन्छ । यो उहाँको डेब्यु चलचित्र हो । चलचित्रमा अभिनेता सरोज खनालको पनि मुख्य भूमिका रहेको छ ।
चलचित्रमा निशा अधिकारी चिकित्सक, रुविना थापा नर्स, नीराजन प्रधान प्रहरी अधिकृत, नरेन खड्का ग्याङस्टर भूमिकामा प्रस्तुत हुनुहुन्छ । चलचित्रमा विमला हुमागाईं र पदम पुरीको लगानी रहेको छ भने प्रकाश पुरीको कथा रहेको छ । चलचित्रमा बनिष शाहको सम्पादन रहेको छ ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात
August 15, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डि जो
August 15, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: