
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
नयाँ नेपाली चलचित्र ‘पानीफोटो’ आज (शुक्रबार) बाट रिलिजमा आएको छ । खगेन्द्र लामिछानेको निर्देशन र अभिनयमा रहेको यो चलचित्रमा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडी बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा–आमाको कथालाई देखाइएको छ ।
शुक्रबार बिहान गरिएको प्रेस शो बाट चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ । कलाकार तथा निर्देशक खगेन्द्रले सुरुवातमै पाएको प्रतिक्रियाबाट आफू उत्साहित रहेको र दर्शकलाई पनि मन पर्नेमा पुर्णरुपमा आशावादी रहेको बताए । खगेन्द्रले आफु लिखित नाटकलाई चलचित्रको स्वरुप दिएका हुन् । यो दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको चलचित्र हो ।
चलचित्रमा खगेन्द्रसंगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रको छायांकन काठमान्डौसँगै वर्दिया, रोल्पा र स्याङ्गजामा गरिएको छ । ‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँट्टी नेपाली स्वाद बोकेका सफल चलचित्र निर्माण गरेको टुकी आर्ट्सले यस चलचित्रनिर्माणमा मन्जुश्री फिल्मस्संग सहकार्य गरेको छ । चलचित्रमा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का रहनुभएको छ । चलचित्रमा रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
Video Report: Click Here
आर्टिष्ट खबर/ साउन, काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात
August 15, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डि जो
August 15, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: