फुटसल खेलाउँदै ‘प्रेमगञ्ज’को प्रचार

Posted on: August 02, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘प्रेमगञ्ज’ले प्रचारप्रसारको काम तिब्र रुपमा अगाडी बढाइरहेको छ । दर्शकको ध्यान चलचित्रमा तान्नका लागी बिभिन्न फरक शैलीका कार्यक्रम गर्दै आएको चलचित्र टिमले फुटसल प्रतियोगीता सम्पन्न गरेको छ । आइतबार चलचित्र टिम र चलचित्र पत्रकारबीच कुलेश्वरस्थित भिजिनोभा रिक्रिएसन सेन्टरमा फुटसल प्रतियोगितामा राखिएको थियो ।

प्रतियोगितामा पत्रकारको टोलीले चलचित्रको टोलीमाथि ३–२ को जित दर्ज गराएको हो । साउन १५ मा खीर खाने कार्यक्रमसहित आयोजना गरिएको कार्यक्रममा चलचित्रको टोलीले पत्रकारसँग चलचित्रलाई लिएर अन्र्तक्रियासमेत आयोजना गरेको थियो । निर्देशक परिच्छेदसहित उपस्थित कार्यक्रममा निर्देशक तथा कलाकारले चलचित्रले प्रेमका आयामलाई फरक उमेर समूहको प्रेम अभिव्यक्तिमार्फत देखाउने प्रयास गरेको बताउनु भएको थियो । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]