हेटौंडाको ओम्याक्स हलमा आगलागी, करोडौंको क्षति

Posted on: August 08, 2018
आर्टिष्ट खबर/ साउन, काठमाडौं । 

हेटौंडा–४, हुप्राचौरमा रहेको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ । हलसँगै जोडिएको बिजुलीको तार सट हुँदा बुधबार बिहान साढे दश बजेतिर आगलागी भएको हो । आगलागीबाट मानविय क्षति भने भएको छैन तर करोडौंको क्षति हुन पुगेको छ ।  उक्त हल ‘लुट’, ‘संरक्षण’ लगायतका चलचित्रका निर्माता तथा एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जनले सञ्चालन गर्दे आएका छन् । हलमा अहिले चलचित्र ‘कायरा’ प्रदर्शन भइरहेको थियो । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]