नितिनले बनाउँदैछन् ‘गीत गजल’

Posted on: August 29, 2018
आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नयाँ चलचित्र ‘गीत गजल’ बन्ने भएको छ । यसअघि ‘जोनी जेन्टलम्यान’को निर्देशन गरेका नितिन चन्दले यो चलचित्र निर्देशन गर्नेछन् । यो चलचित्रमा उनले नयाँ कलाकारलाई लिएर काम गर्दैछन् । आरोहण क्षेत्रीको लगानी रहने यो चलचित्रमा  रुप पोखरेल र आरोही सिंहको मुख्य भूमिका रहने बताइएको छ । चलचित्र प्रेमकथामा निर्माण हुनेछ । 


आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायांकन रहेन छ भने सिनेकाको गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहनेछ । भदौको अन्तिमबाट छायांकनमा निस्किने यो चलचित्र टिम अहिले प्रि–प्रोडक्सनको काममा ब्यस्त छ । चलचित्रको टाइटल फष्ट लुक्स पनि सार्वजनिक गरिएको छ ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]