अमेरिकामा ‘बाँध मायाले’प्रिमियर

Posted on: August 31, 2018
आर्टिष्ट खबर/ भदौ, काठमाडौं । 

आउँदो असोज ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बाँध मायाले’ले नेपाल भन्दा पहिला बिदेशको प्रदर्शन सुरु गरेको छ । चलचित्रको पहिलो प्रदर्शन मंगलबार अमेरिकाको क्यालिफोर्निया राज्यको सान्फ्रान्सिस्को शहरमा बाट शुरू गरिएको छ। सविर श्रेष्ठ निर्देशीत चलचित्र ‘बाँध मायाले’को क्यालिफोर्निया प्रिमियरमा अभिनेता आर्यन अधिकारीको साथमा फिल्म निर्देशक, निर्माता तथा अभिनेता आकाश अधिकारीको उपस्थिती थियो । चलचित्र हेर्ने दर्शकले आर्यन अधिकारी, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठको प्रेम कथालाई रूचाएको प्रतिक्रिया मिलेको चलचित्र युनिटले जनाएको छ । यो चलचित्र सेप्टेम्बर २ तारिखका दिन क्यालिफोर्नियाकै मिलिपिटास शहरमा पनि प्रदर्शन गरिंदै छ ।  

निर्माताको रुपमा केदार धिताल र बिभिषिका श्रेष्ठ रहेका छन् । चलचित्रमा आर्यन अधिकारी, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिंग लगायतको अभिनय छ । फिल्ममा संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्म ‘बाँध मायाले’ निर्देशक श्रेष्ठ र रामहरी धिताल मिलेर बनाएका हुन् । चलचित्र प्रेमकथामा आधारीत छ ।

 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]