‘कथा काठमाण्डू’ शुक्रबारबाट मोफसल प्रमोशनमा निस्किने

Posted on: September 06, 2018
आर्टिष्ट खबर/ भदौ, काठमाडौं । 

आउँदो असोज १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कथा काठमाण्डू’ प्रमोशनका लागी मोफसलमा निस्किने भएको छ । संगीता श्रेष्ठ निर्देशीत यो चलचित्र टिम भोली (भदौ २२) गतेबाट मोफसलको टुरमा निस्किने बताइएको छ । चलचित्र टिम इटहरी, धरान, दमक, हेटौडा, नारायणगढ, बुटवल, दाङ र पोखरा लगायतका सहरमा पुगेर दर्शकलाई प्रतक्ष जानकारी गराउनेछन् । युनिट मोफसल टुर अन्तर्गत नै पथरी, धरान, चितवन र दाङ लगायतका स्थानको महोत्सवमा समेत सहभागी हुनेछ । काठमाण्डौलाई आफ्नो कर्मभुमि बनाएर रहिरहेका भिन्न भिन्न पात्रको कथालाई फिल्ममा चित्रण गरिएको छ । 

चलचित्रमा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ । आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा विजय राइको लगानी छ । चलचित्रमा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन । चलचित्रलाई लुजा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् । भारत रेग्मीको कलर र भीएफएक्स रहेको चलचित्रको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]