हलमा दुई ठुला चलचित्रको भिडन्त

Posted on: September 07, 2018
आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

आज शुक्रबारबाट फिल्महलहरुमा दुई ठुला चलचित्र प्रदर्शनमा आएका छन् । युवास्टार प्रदीप खड्का अभिनित प्रेमकथामा आधारीत चलचित्र ‘रोज’ र हाँस्य कलाकारहरुको अभिनय रहेको चलचित्र ‘रामकहानी’एक साथ प्रदर्शनमा आएका हुन् । ‘रोज’ निरक पौडेलले निर्देशन गरेका हुन् भने ‘रामकहानी’ सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

केहि महिना देखी नै यी दुई चलचित्र एकसाथ प्रदर्शनमा आउँदै गर्दा बिभिन्न टिकाटिप्पणी चलेका थिए । यो भन्दा अघि ‘रामकहानी’की निर्मात्री तथा नायिका पूजा शर्मा र  ‘रोज’का नायकले चलचित्रमा एकसाथ अभिनय गरेका थिए । अहिले फरक चलचित्रमा काम गर्दा बदलाकै लागी एकसाथ प्रदर्शनमा आए भन्ने हल्ला पनि चलेको पाइन्छ । कहिले प्रदीपले पूजासँग र पूजाले प्रदीपसँग बदला लिनका लागी यस्तो गरिरहेका छन् पनि भनेका छन् तर यी दुईले आफूहरुले प्रतिस्पर्धाका लागी चलचित्र एकसाथ प्रदर्शन नगरेको बताउँछन् । ‘हामीले तीजको अवसरमा चलचित्र प्रदर्शन गर्ने भन्ने पहिले देखीनै सोच बनाएका थियौं, अर्को चलचित्र आउँला र जुधाउँला भन्ने सोंच कहिल्यै थिएन’ प्रदीपले भन्दै आएका छन् । यी दुई चलचित्र फरक जनरामा निर्माण भएका चलचित्र हुन् । रोज प्रेमकथा हेर्न मन पराउने दर्शकले हेर्न सक्छन् भने रामकहानी हाँस्य चलचित्र मन पराउने दर्शकले हेर्न सक्छन् । 

देशैभरीका हलहरुमा दुबै चलचित्र आइरहँदा कुन चलचित्रले कति हल पायो भन्ने कुरा मुख्य बिषय बनेको छ । यदि हलवालाले नै चलचित्र प्रदर्शनमा लगाइदिएनन् भने दर्शक आएतापनि फर्किनुपर्छ त्यसैले चलचित्रका निर्माताहरु आफ्नो चलचित्रले कति शो पायो भन्नेमा चनाखो भएका छन् । ‘रामकहानी’ वितरक सुनिल मानन्धरले चलचित्र देशभरका सय बढी हलमा  लाग्ने जानकारी दिएका छन् ।  । उता ‘रोज’का वितरक गोविन्द शाहीले पनि देशभरका ८० प्रतिशत हलमा लाग्ने बताउँछन् । सिंगल थिएटरमा हलको संख्या दुबै चलचित्रमा बराबरी भएता पनि मल्टिप्लेक्समा भने शोज बाँडफाँडमा ‘रामकहानी’ भन्दा केही अगाडि ‘रोज’ देखिएको छ । 

सर्वाधिकार सेयर प्राप्त हुने मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘रोज’ लाई एडभान्स बुकिङमा काठमाडौंका आउलेटमा १५ शोज उपलब्ध गराएको छ । ‘रामकहानी’ लाई १३ शो उपलब्ध छ । यस्तै, क्यूज सिनेमाले दुवैलाई तीन–तीन शोज बाँडेको छ । विएसआरमा ‘रोज’ लाई ५ शोज र ‘रामकहानी’ लाई ४ शोज छ । एफक्यूबले दुवै फिल्मलाई ४–४ शोज उपलब्ध गराउँदा विग मुभिजमा ‘रोज’ ले ६ शोज र ‘रामकहानी’ ले ४ शो पाएको छ । १ घण्टा ३० मिनेटको ‘रोज’ र २ घण्टा ४४ मिनेटको ‘रामकहानी’ दुवैले सेन्सर बोर्डबाट पिजी सर्टि्फिकेट पाएका छन् ।  ‘रोज’मा प्रदीपका अलावा परमिता आरएल राणा, मिरुना मगर र कर्मा शाक्य लिड रोलमा छन् । यो क्राइमरथ्रीलर जनराको चलचित्र हो । यसमा प्रदीप अपराधीको भूमिकामा छन् ।  




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]