नवलपुरको कावासोतीको एकमात्र हलमा पनि प्रदीपको ‘रोज’

Posted on: September 07, 2018
नवराज अधिकारी/ भदौ, नवलपुर । 

मध्यनेपालको प्रदेश ४मा पर्ने नवलपुर जिल्लाको कावासोतीमा रहेको एकमात्र हल गणपती हलमा चलचित्र ‘रोज’ले पकड जमाएको छ । नायक प्रदीप खड्काको क्रेजलाई मध्यनजर गर्दै हलले ‘रोज’लाई शो दिएको हो । आज ९शुक्रबार० बाट प्रदर्शनमा आएको यो चलचित्रले गणपतीमा पनि राम्रो दर्शक कमाएको छ । 


हल सञ्चालकका अनुसार बिहानी शोमा दर्शकको राम्रो साथ थियो । यस्तै बिहानको तुलनामा दिउसो दर्शक अझै बढेका थिए । गणपती नवलपुरको केन्द्र कावासोतीमा रहेको एकमात्र हल हो । चलचित्रमा प्रदीप खड्का, मिरुना मगर, परमिता आरएल राणाको मुख्य भूमिका रहेको छ । उद्धव पौडेलको प्रस्तुतीमा बनेको यो चलचित्र निरक पौडेलले निर्देशन गरेका हुन् ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]