‘सयकडा दश’ माघ १८ मा रिलिज हुने

Posted on: September 09, 2018
आर्टिष्ट खबर/ भदौ, काठमाडौं । 

भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको नयाँ चलचित्र  ‘सयकडा दश’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । रामशरण पाठक निर्देशित यो चलचित्र आउँदो माघ १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र युनिटले जानकारी दिएको छ । 

चलचित्रमा हाँस्यब्यंग्य क्षेत्रका चर्चित कलाकार मनोज गजुरेलको पनि अभिनय रहेको छ । साथै मनोज सहित राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राईको पनि अभिनय रहेको छ ।  दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा सह–निर्माता हुन् । चलचित्र निर्देशक पाठकले नै लेखेका हुन् ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]