तीजको अवसरमा पशुपतिमा नाँचे दीपक–दीपा, निशानले गाए गीत (फोटो फिचर)

Posted on: September 12, 2018
आर्टिष्ट खबर/ भदौ, काठमाडौं । 

आज (बुधबार) नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आउँदो वडा दशैंमा प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जा ३’ टिमले पवित्र पाशुपत क्षेत्रमा तीज बिशेष नाँचगान कार्यक्रम सम्पन्न गरेको छ । चलचित्रका मुख्य कलाकार तथा लेखक दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, कलाकार जितु नेपाल लगायतका कलाकारले प्रस्तुती दिएका थिए । दुईदिन अघिमात्र सार्वजनिक गरिएको  ‘पछि उमेर ढल्किन्छ’ बोलको गीतका गायक निशान भट्टराईले गीत गाएका थिए ।

राजाराजेन्द्र पोखरेलले सञ्चालन गरेको कार्यक्रममा लोक गायक नविन पौडेल, गायिका योजना पुरी लगायतले पनि गीत गाएका थिए ।

\

  




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]