'जात्रैजात्रा' टिजर सार्वजनिक

Posted on: November 12, 2018
आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । 

चलचित्र ‘जात्रै जात्रा’को टिजर सार्वजनिक गरिएको छ । शनिबार युट्युव मार्फत सार्वजनिक गरिएको टिजरमा दयाहांग राई, बिपिन कार्की, बर्षा राउत, रबिन्द्रसिंह बानिया, रविन्द्र झा लगायतको कलाकारको प्रमूख भूमिका देखिन्छ । जात्राको बेलामा भागिरहेका तीन कलाकारहरु दयाहाङ राईको जालमा परेको देखाईएको छ ।

चलचित्रमा प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । सिंगे लामा र यादव पौडेल चलचित्रका निर्माता हुन् भने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् । चलचित्र आउँदो फागुन १७ गते देखी प्रदर्शनमा आउने तयारीमा छ । यो चलचित्र यसअघिको सफल चलचित्र ‘जात्रा’को सिक्वेल हो । ‘जात्रा’कै टिमले ‘जात्रैजात्रा’को निर्माण गरेको हो । 

video:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]