ड्राइभर बने दयाहाङ

Posted on: December 11, 2018
मंसिर, काठमाडौं । 

अभिनेता दयाहाङ राईले पहिलो पटक चलचित्र ‘आप्पा’मा ड्राइभरको भूमिकामा देखिएका छन् । साथै यसै चलचित्रबाट उनी पिताको भूमिकामा पनि देखिन थालेका छन् । अनमोल गुरुङको निर्देशनमा बनेको यो चलचित्रमा उनी एक छोराको बुबा बनेका छन् । यसअघिका चलचित्रहरुमा उनी बुबा बनेको खासै देखिदैनथ्यो ।

सोमबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको पोष्टर सार्वजनिक गरियो । साथै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति पनि तय गरेको छ । चलचित्र आउँदो जेठ २४ गतेबाट प्रदर्शनमा ल्याउने तयारी गरेको निर्माण टिमले जनाएको छ । सार्वजनिक पोष्टरमा दयाहाङ र एक प्रेम जोडी देखिएका छन् । माउन्टेन पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङसँगै तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चाको पनि प्रमुख भूमिका छ । रुदेन सादा लेप्चा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा माबो हाङ रहेका छन् । चलचित्रको कथा निर्देशक स्वयंको हो । चलचित्र शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।  




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]