आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
पछिल्लो समय हरर जानराको चलचित्र 'सुनसेकरी' निर्देशन गरेर चर्चामा आएका अभिनेता अर्पण थापाले 'सुनसेकरी' बाहेक 'मुखौटा', 'आधा लभ' जस्ता चलचित्र निर्देशन गरेर आफूले आफूलाई निर्देशकको रुपमा उभ्याइसकेका छन् । तर बिडम्बनाको कुरा यो छ कि अभिनयमा जसरी उनी निर्देशकनमा जम्न भने सकेनन् र उनी निर्देशित चलचित्र कुनैले पनि बक्सअफिसमा सफलता हात पार्न सकेका छैनन् ।
अब भने अभिनेता तथा निर्देशक थापाले चौँथो चलचित्र ‘घर’ निर्देशन गर्ने भएका छन् । उक्त चलचित्रमा उनको लेखन, निर्देशन र अभिनय रहने बताइएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र यूनिटले चलचित्रको घोषणा गरेको हो । चलचित्रमा अरु कलाकारहरु भने छनौट भईसकेका छैनन् । कार्यक्रमका बीच उनले चलचित्र बारे केही जानकारी दिएका छन् । उनले भने ‘घर’ 'सुनकेसरी' जस्तै हरर जानरामा निर्माण हुनेछ । ‘घर’ मा देशी भूत हुनेछ किनकी यसअघिको'सुनकेसरी' मा विदेशी भूत थियो ।चलचित्र पूर्ण रुपमा तर्साउने बन्नेछ।'
डीएस डिजिटलको ब्यानरमा निर्माण गर्न लागिएको चलचित्रलाई फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् भने चलचित्र लगानीमा सन्तोष अधिकारीले सहयोग गर्दैछन्। माघको दोस्रो साताबाट चलचित्रको छायांकन सुरु हुँनेछ ।
Share your thoughts: