५ वटा श्रीमानकी श्रीमती बेनिशा

Posted on: December 31, 2018
आर्टिष्ट खबर/ पुस, काठमाडौं । 

निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेको चलचित्र ‘स्वर’बाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी अभिनेत्री बेनिशा हमालले पछिल्लो लामो समयदेखि कुनैपनि प्रोजेक्ट हात पारेकी छैनन् । विभिन्न चलचित्र लगायत म्युजिक भिडियोहरुमा समेत काम गरिसकेकी उनी अभिनित चलचित्रहरुलाई दर्शकले त्यति रुचाएका छैनन् । चलचित्र ‘मोक्ष’,‘ज्यान हाजिर छ’,‘म अनि तिमी’, लगायतमा उनको अनियलाई दर्शकले अपेक्षाकृत रुचाउन सकेनन्। पछिल्लो समयको चलचित्र  'झ्यानाकुटी' र 'ब्ल्याइन्ड रक्स' दुबै चलचित्र पनि फिल्म बक्सअफिसमा असफल भएपछि उनी केही समयदेखि चलचित्रबाट टाढा रहेकी छिन् । 


उनले 'झ्यानाकुटी'मा अभिनेता सौगात मल्ल सँग स्क्रिन सेयर गरेकी थिइन् । गाउँकी एक विवाहित महिलाको भूमिकामा रहेर अभिनय गरेकी उनको कामको निकै प्रशंसा भएको थयो । त्यस्तै चलचित्र 'ब्ल्याइन्ड रक्स' बाट उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड चुमेकी छिन् । तर उक्त चलचित्रले फिल्म बक्सअफिसमा भने सफलता प्राप्त गर्न सकेन् । 

हाल भने उनी नयाँ चलचित्र ‘टुल्की’ मार्फत फेरी स्क्रिनमा फर्कदै छिन् । उनले ‘टुल्की’ साइन गरिसकेकी छिन् । यस चलचित्रमा बेनिशाले पाँच श्रीमानको श्रीमतीको भूमिका निभाउँने छिन्। यो चलचित्रका उनले  वर्कआउट सुरु गरिसकेकी छिन्। बहुपति प्रथामा आधारित  चलचित्र लक्ष्मण सुनारले निर्देशन गर्दैछन् । चलचित्रको छायांकन माघको १५ गतेबाट सुरु गर्ने निर्देशक सुनारले बताएका छन् । चलचित्रका लागि अन्य कलाकारहरुको भने टुंगो लागेको छैन । अन्य कलाकारको खोजी भइरहेको निर्माण टिमले बताएको छ ।

 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]