दीपकको फिल्ममा दीपेन्द्रको निर्देशन

Posted on: January 02, 2019
आर्टिष्ट खबर/ पुस, काठमाडौं । 

निर्देशक दीपेन्द्र लामाले नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । हास्य कलाकार दीपकराज गिरी र निर्माता रोहित अधिकारीले मिलेर बनाउन लागेको नाम नखुलाइएको चलचित्रका लागि निर्देशक लामा फाइनल भएका हुन् । निर्देशक लामाले निर्देशन गरेको चलचित्र ‘गोपी’ आउने क्रममा छ भने यो भन्दा अघि उनले निर्देशन गरेको चलचित्र ‘घामपानी’ प्रदर्शन भइसकेको चलचित्र हो ।  रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजको प्रस्तुतिमा यो चलचित्र बन्नेछ। यो चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छ । यो चलचित्र आउँदो बर्षको दशैंमा रिलिज हुने बताइएको छ ।चलचित्रका लागि दिपकराज गिरी र केदार घिमिरे पक्का भइसकेका छन् भने अन्य कलाकार र प्राविधिकको छनोट भइरहेको छ । यो चलचित्रमा दिपकले नाफाको ५० प्रतिशत हिस्सा लिनेछन् ।  




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]