‘हजार जुनी सम्म’मा निरुता बाहिरिन्,संचिता भित्रिइन्

Posted on: January 11, 2019
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

विकासराज आचार्यको निर्देशनमा तयार भैरहेको चलचित्र ‘हजार जुनी सम्म’मा अभिनेत्री निरुता सिंहले काम नगर्ने भएपछि उक्त चलचित्रमा संचिता लुइटेलले काम गर्ने पक्का भएको छ । म्यूजिकल लभ स्टोरी चलचित्र ‘हजार जुनी सम्म’मा को छायांकनको लागि संचिता सिक्किम जाने तयारीमा छिन् । हाल सिक्किममै रहेका कलाकार उत्तम प्रधानसँग ‘हजार जुनी सम्म’मा अभिनेत्री निरुता सिंहको जोडी बनाउने तयारी रहेको  विकासको सपना पुरा हुन सकेन । 


अहिले अभिनेत्री निरुता सिंह चलचित्र ‘दाल भात तरकारी’मा व्यस्त छिन् । उनलाई चलचित्र ‘लभ स्टेशन’मा पनि फाइनल गरिएको थियो, तर उनले विशेष कारणले काम गर्न सकिनन् । ‘दाल भात तरकारी’ को छायांकनमा व्यस्त रहेकी निरुताले अर्को चलचित्र ‘हजार जुनी सम्म’ पनि लाई समय दिन नभ्याए पछि विकासराज आचार्यले चलचित्रका लागि संचिता लुइटेललाई प्रश्ताव राखेका हुन् । यसअघि निरुताले ‘दाल भात तरकारी’ छायांकन सकेपछि ‘हजार जुनी सम्म’मा काम गर्ने कुरा थियो । तर हाल त्यो सम्भव हुन सकेन । 

केही समय अघि चलचित्र निर्देशक विकास आचार्य र अभिनेत्री संचिता लुइटेलबीच मनमुटाव चलेको थियो । अब भने उनीहरबीचको खटपट समाप्त भएको बिश्वास गर्न सकिन्छ । यसअघि विकासले नै निर्माण गरेको चलचित्र ‘नाई नभन्नु ल ३’मा संचिता पनि अनुबन्घित थिइन् । उक्त समय केही कारण बस उनी चलचित्र निर्माणपक्षसँग रिसाएको कुरा बाहिरीएको थियो । उनले चलचित्र प्रोमोसनमा समेत सहभागी नजनाएपछि उक्त बिषयले निकै गम्भिर रुप लिएको थियो । तर अहिले यि दुई एकसाथ चलचित्रमा काम गर्न लागेको देख्दा यि दुईबीचको सम्बन्ध सुप्रिएको अनुमान गर्न सकिन्छ । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]