'जात्रै जात्रा' नेपालसँगै अस्ट्रेलियामा पनि प्रदर्शनमा

Posted on: May 16, 2019
आर्टिष्ट खबर/जेठ काठमाडौं ।

यहि आउँदो शुक्रबार (जेठ ३)बाट नेपाल प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जात्रै जात्रा’ अस्ट्रेलियाबाट पनि संगै प्रदर्शन हुने भएको छ । अस्ट्रेलिया प्रर्दशनका लागि ३५ लाखमा चलचित्रको अधिकार बिक्री भएको हो । समीक्षात्मक रुपमा सफल चलचित्र ‘जात्रा’ सिक्वेलमा विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, राजाराम पौडेल, प्रकाश घिमिरे, रविन्द्र सिंह बानिया, सोहित मानन्धरलगायतको अभिनय छ । यस चलचित्रबाट निर्देशक भट्टराईले सफलताको ह्याट्रिक गर्ने दाउमा छन् । सुरुवाताबाटै निर्देशकिय पाटोको तारिफ पाउँदै आएको भट्टराईको यस चलचित्रमा काम कस्तो छ भन्ने अब आउदो शुक्रबारबाट थाहा हुनेछ ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]