‘जात्रै जात्रा’लाई मल्टिप्लेक्समा उच्च शो,गर्ला त सुखद ब्यापार?

Posted on: May 16, 2019
आर्टिष्ट खबर/जेठ काठमाडौं 

जेठ ३ अर्थात भोली शुक्रबार सार्वजनिक प्रर्दशनमा आउन लागेको चलचित्र ‘जात्रै जात्रा’ले मल्टीप्लेक्सहरुमा उच्च शोज पाएको छ। काठमाडौं भित्र र बाहिरका मल्टीप्लेक्स‘जात्रै जात्रा’ बुधबार साँझबाट चलचित्र बुकिङ खुल्ला गरिएको छ। देशभरका अधिकांश मल्टीप्लेक्सहरुमा चलचित्रले पाएको शोज देख्दा चलचित्रले आक्रामक  ब्यापार गर्ने अनुमान गर्न सकिन्छ। 

चलचित्रले काठमाण्डौको सिभिलमा ४, कुमारी हलमा ४, जय नेपाल हलमा ४ र छाया सेन्टरमा ३ शोज र बीग मुभिजमा ४ शो पाएको छ। मोफसलतर्फ भने चितवनको हलमा ३ ,नेपालगन्जको बाग्गेश्वरी हलमा ३ विर्तामोडको हलमा ३ शोज पाएको छ भने पोखराको सिनेप्लेक्स हलमा ४ शोज पाएको छ । क्यूएफएक्स चेनको ५ पर्दामा मात्र चलचित्रलाई १९ शोज दिएको छ ।

त्यसैगरी भोली शुक्रबारबाटै सार्वजनिक प्रर्दशनमा आउने अर्को चलचित्र ‘बीर विक्रम २’ ले पनि मल्टीप्लेक्सहरुमा राम्रो शोज पाएको छ।  राजधानीको ५ स्टेशनमा क्यूएफएक्स चेनले चलचित्रलाई १२ शोज दिएको छ भने अन्य मल्टीप्लेक्सहरुले चलचित्रलाई राम्रो शोज प्रदान गरेको छ । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]