
आर्टिष्ट खबर/ असार, काठमाडौं ।
पाँच वर्षअघि नै निर्माण गरिएको ऐतिहासिक चलचित्र कीर्तिपुर द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ असार १३ गतेदेखि दर्शकमाझ प्रर्दशन गरिने भएको छ । चलचित्रका निर्देश्ँक प्रदीप खड्गीका अनुसार सेन्सर बोर्डले सेन्सर पास गर्न समय लगाएपछि निर्माण भएको लामो समयपछि मात्र यो चलचित्र प्रदर्शन हुन लागेको हो । सेन्सर बोर्डले प्रदर्शनका लागि बाटो खुला गरिदिएसंगै यो चलचित्र दर्शकमाझ आउने भएको हो । यो चलचित्र नेपाल एकिकरणका अभियन्ता तत्कालिन राजा पृथ्वीनारायण शाहले एकिकरणको अभियानमा १८ औं शताब्दिमा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा आधारित छ ।चलचित्रको केही दिनअघि सार्वजनिक भएको ट्रेलरले सकारात्मक प्रतिक्रिया बटुलिरहेको बेला चलचित्रको निर्मँण कम्पनिले सोमबार काठमाडौंमा चलचित्रको एउटा नया“ गीत सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको हो । सार्वजनिक गीतमा कीर्तिपुर आक्रमणका दृष्यहरु पनि समावेश गरिएको छ ।
पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक प्रदीप खड्गीले चलचित्रमा ९० प्रतिशत भिएफएक्स प्रयोग गरिएको जनाए । अत्यधिक भिएफएक्स गर्नु परेका कारण पनि चलचित्र प्रदर्शनमा आउन ढिलाइ भएको निर्देश्ँक खड्गीको भनाइ छ । साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित भएर निर्माण भएको ‘कीर्तिपुर’ मा यशराज गराच, हिसिला महर्जन, मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सुरविर पण्डित, विनेश श्रेष्ठ आदि कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रलाई अनन्तकुमार श्रेष्ठले निर्मँण गरेका हुन् । चलचित्रमा अभिनेता यसराज गराजले पृथ्वीनारायण शाह तथा अभिनेत्री हिसिला महर्जनले कीर्तिलक्ष्मीको भूमिका निर्वाह गरेका छन्।काठमाडौं, भक्तपुर, नुवाकोट तथा गोर्खामा छायांकन भएको चलचित्र निर्माणमा नर्मँण श्रेष्ठलाई वीरेन्द्र ताम्राकार र प्रेम खड्गीले सघाएका छन् । शंकर महर्जन र नविन जोशी यो चलचित्रका छायांकार हुन् ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: