आर्टिष्ट खबर/ असार, काठमाडौं ।
चलचित्र ‘साइनो’ को दोस्रो गीत सार्वजनिक गरिएको छ। वरिष्ठ अभिनेत्री भुवन चन्द थापाद्वारा निर्मित यस चलचित्रमा समावेश 'कुन मायाको साइनो' बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो । गीतमा नीता ढुंगाना, मीरुना मगर र राज कुमारबीचको त्रिकोणात्मक प्रेम देखाइएको छ। एलिश कार्कीद्वारा संगीतवद्द गीतमा प्रताप दास र जीना रसाइलीको स्वर छ । भने, रामजी लामिछानेले कोरियोग्राफी भरेका छन्। गीतमा राजेशकुमार श्रेष्ठको शब्द सृजना छ । साउन २४ गते प्रर्दशनमा आउने यस चलचित्रमा नीता, मिरुना र राजसँगै नेपालकै भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, बिशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनालीलगायतका कलाकारको अभिनय छ। अभिमन्यु निरवी लिखित चलचित्रको कार्यकारी निर्माता शरण थापा हुन्। चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।
song:
'टिक-टक च्यालेन्ज' आव्हान
रमेश थापा निर्देशित चलचित्र यसै गीतको लागि 'टिक-टक च्यालेन्ज' पनि बाहिर ल्याएको छ । गीतको कुनै पनि अंशमा इच्छुकले टिक-टकबाट भिडियो बनाउन सक्नेछन् । यसरी बनाइएको टिक-टक भिडियोलाई चलचित्र 'साइनो'को अफिसियल फेसबुक पेजमा सेन्ड गरेर च्यालेन्जमा सहभागिता जनाउन सकिनेछ । च्यालेन्जमा उत्कृष्ट हुने भिडियोलाई निर्माण टिमले आकर्षक पुरस्कार पनि तय गरेको छ। जस अनुरुप प्रथम हुने भिडियोलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजारको दरले पुरस्कार छुट्टयाइएको छ। त्यस्तै पाँच जनालाई गिफ्ट ह्याम्पर र दुई जना भाग्यशालीलाई आस्था कला केन्द्रमा १ वर्षको लागि निशुल्क प्रशिक्षणको व्यवस्ता गरिनेछ । विजेताहरु घोषणा चलचित्र प्रर्दशन हुनु अगावै हुनेछ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: