
आर्टिष्ट खबर/ असार, काठमाडौं ।
आज असारको १३ गते शुक्रबारबाट देशभरका हलमा बाबु छोराको सम्बन्धको कथा बोल्ने चलचित्र ‘आप्पा’ र तत्कालिन राजा पृथ्वीनारायण शाहले एकिकरणको अभियानमा कीर्तिपुरमा गरेको आक्रमणको कथा बोल्ने चलचित्र 'कीर्तिपुर' एकसाथ प्रदर्शनमा आएका छन् ।
‘आप्पा’ का निर्देशक अनमोल गुरुङ हुन् । एउटा ड्राईभरले गाडी चलाउँदा केके भोग्न पर्छ भन्ने कथा चलचित्र ‘आप्पा’ले उठान गरेको छ। बाबु छोराको सम्बन्धको कथा बोल्ने चलचित्रका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । 'अ माउन्टेन स्टोरीज प्रोडक्सनु र 'सिनेमा आर्ट'को संयुक्त ब्यानरमा निर्माण भएको ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चा, बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे,अरुणा कार्की लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन चलचित्रमा रहेको छ ।
त्यसैगरी पाँच वर्षअघि नै निर्माण गरिएको ऐतिहासिक चलचित्र 'कीर्तिपुर'मा प्रदीप खड्गीको निर्देशन रहेको छ । साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित भएर निर्माण भएको ‘कीर्तिपुर’ मा यशराज गराच, हिसिला महर्जन, मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सुरविर पण्डित, विनेश श्रेष्ठ आदि कलाकारहरुले अभिनय गरेका छन्। चलचित्रलाई अनन्तकुमार श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रमा अभिनेता यसराज गराजले पृथ्वीनारायण शाह तथा अभिनेत्री हिसिला महर्जनले कीर्तिलक्ष्मीको भूमिका निर्वाह गरेका छन्।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । आगामी जेठ १४ शनिबार काठमाडौंको दशर
May 24, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: